२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पाल्पामा आमहडताल फिर्ता


0
Shares

                                                                                फाइल फोटो
पाल्पा, पुस ३ । पाल्पामा ५ नम्बर प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत् संयुक्त संघर्ष समितिले गरेको आमहडताल फिर्ता लिएको छ ।

आइतबार अपराह्न १ बजेदेखि आमहडताल फिर्ता लिइएको समितिले जनाएको छ ।

प्रदेश नम्बर–५ बाट पाल्पालाई टुक्र्याएर प्रदेशन नम्बर–४ मा राखिएकामा असन्तुष्टि जनाउँदै समितिले शुक्रबार र शनिबारका लागि आमहडताल गर्दै जिल्ला बन्द गराएको थियो ।

अखन्ड ५ नम्बर प्रदेशको मागसहित भएको आमहडताल समितिले शनिबार बैठक बसेर आइतबार अपराह्नदेखि बन्द फिर्ताको घोषणा गरेको हो ।

समितिले संसदमा दर्ता भएको संशोधन विधेयक खारेज नभएसम्म अन्य रचनात्मक आन्दोलन जारी राख्ने निर्णय गरेको नेपाली कांग्रेसका सचिव झपेन्द्र गैरेले बताए ।

पूर्वी पाल्पाको रामपुर क्षेत्रमा भने शनिबार साँझ कोणसभा गरी बन्द फिर्ता लिइएपछि यहाँको जनजीवन समान्य बन्दै गएको छ ।

कांग्रेस, नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी, अखन्ड नेपाललगायत राजनीतिक दलले ऐक्यबद्धता जनाउँदै पहाडी जिल्ला पाल्पालाई तराईबाट अलग्याउन नहुने भन्दै विरोध जनाउँदै आएका छन् । रासस