
म्याग्दी, पुस ३ । अचानक आएको हिमपहिरोले बाढीको रुप लिँदा उपल्लो मुस्ताङको घमीमा क्षति पुर्याएको छ ।
घमीगाउँभन्दा निकै माथिबाट आएको बाढीले भीषणरुप लिँदा डाकमर गाउँमा क्षति भएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलका अनुसार बाढीले डाकमर खोलाका ८ ओटा काठेपुल बगाएको छ ।
घमी–८ र ९ वडालाई जोड्ने डाकमर खोलामा बाढी आएको उनले जानकारी दिए । बाढीले गाउँमा ल्याइएको खानेपानीको पाइपमासमेत क्षति पुर्याएको छ ।
पोखरेलका अनुसार बाढीबाट कुनै मानवीय क्षति भने भएको छैन । बाढीका कारण त्यो क्षेत्रमा आवत–जावत बन्द भएकोले समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस्