
ध्रुव भट्टराई (इमेज)
विराटनगर, पुस ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमाले आफूलाई हटाउन लागिपरेको आरोप लगाएका छन् ।
आइतबार विराटनगरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान संशोधन गरी स्थानीय निकायको निर्वाचन नभएसम्म आफूले पद नछाड्ने उद्घोष गरे ।
यसअघि, आइतबारै विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले एमालेले संसद अवरोध हटाए तत्काल गतिरोधको अन्त्य हुने दाबी गरेका थिए ।
संसद अवरुद्ध गरेर एमालेले अलोकतान्त्रिक चरित्र प्रर्दशन गरेको भन्दै उनले ‘एमालेले भनेजस्तो पहिले संसदको चुनाव गराउन सकिँदैन’–भने ।
प्रतिक्रिया दिनुहोस्