
काठमाडौं, पुस ३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले वर्तमान सरकार विदेशीको इसारा चलेको आरोप लगाएका छन् ।
युवा संघ नेपालले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले सरकारका कदमहरु राष्ट्रघाती भएकाले त्यसको एमालेले दृढताका साथ प्रतिकार गर्ने बताए ।
केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राष्ट्रवादी काम यो सरकारले उल्ट्याउन लागेको भन्दै गौतमले नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी दलभित्रका राष्ट्रवादीहरुलाई साथमा लिएर मुलुक जोगाउनेबेला आएको बताए ।
प्रतिक्रिया दिनुहोस्