
प्यूठान, पुस ३ । ५ नम्बर प्रदेश विभाजनको विरोधमा आह्वान गरिएको प्यूठान बन्द आइतबार दिउँसोदेखि खुलेको छ ।
प्यूठानमा आइतबार संयुक्त संघर्ष समितिले विरोधसभा गर्यो । प्यूठानको दाखाक्वाडी बजारदेखि बिजुवारसम्म र बाग्दुलाबजारदेखि बिजुवार बजारसम्म संयुक्त राँकेजुलुस निकालिएको थियो ।
जुलुसपछि गरिएको कोणसभामा वक्ताहरुले सरकारले संसद–सचिवालयमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलनलाई थप सशक्त बनाएर लैजाने बताए ।
प्रतिक्रिया दिनुहोस्