१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात, पूर्वी पहाडी जिल्लामा चिसो बढ्यो


0
Shares

ताप्लेजुङको माथिल्लो क्षेत्रमा हिमपात शुरु भएको छ भने सदरमुकाममा चिसोका कारण बिहान–बेलुकीको चहलपहल क्रमशः घट्न थालेको छ ।

चिसो बढेसँगै ताप्लेजुङ सदरमुकामसहित माथिल्लो क्षेत्रका स्थानीयको जनजीवनमै असर पर्न थालेको छ । तापक्रम ४ डिग्री सेल्सियसमा झरेको पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।

चिसो समयमा ताप्लेजुङमा माईनस ३ डिग्री सेल्सियससम्म तापक्रम झर्ने गर्दछ । चिसो बढेपछि माथिल्लो क्षेत्रका विद्यालयहरु बन्द गरिएका छन् ।

हिउँ पर्ने, तुसारो पर्ने हुँदा घरपालुवा चौपाया, बालबालिका र बृद्धबृद्धालाई बढी असर पर्ने गरेको लेलेपका स्थानीय निमाफुटी शेर्पाको भनाइ छ ।