१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पुनर्निर्माणको कामले गति लिन सकेन, जाडोमा भूकम्पपीडितको बिचल्ली


0
Shares

लाभग्राहीको सूचीमा ७० हजार ५ सय ८१ जना नाम रहेकोमा ६३ हजार ३ सय १५ जनाले मात्र पहिलो किस्ताको रकमका लागि सम्झौता गरेका छन् । जसमा ५२ हजार ९ सय ४२ जनाले मात्र पहिलो किस्ताको ५० हजार प्राप्त गरेका छन् ।

पहिलो किस्ता पाउने तीन हजार ३ सय जनाले भने घर निर्माण थालेका छन् । घर बनाउन सरकारले उपलब्ध गराउने रकम समयमै नदिँदा पुनर्निर्माणको काम प्रभावकारी हुन नसकेको हो ।

पहिलो किस्ताको ५० हजार पाउनेहरु पनि बाँकी रकम कहिले पाउने हो भन्ने अन्यौलमा छन् । सरकारले पैसा दिन ढिलाई गरेपछि २ हजार घरधुरीले अनुदान सम्झौता नगरिकनै घर बनाइसकेका छन् ।

पैसा निकासामा ढिलाई नगर्न प्रभावितले सरकारसँग आग्रह गरेका छन् ।