Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


पोखरामा पर्यटक र पञ्चेबाजासँगै होली


0
Shares

पोखरा, चैत ६ । पोखरामा विदेशी पर्यटकहरुले पनि होली मनाएका छन् ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल च्याप्टर पोखराले बुधबार आयोजना गरेको कार्यक्रममा विदेशी पर्यटकहरुले नेपालीहरुसँगै होली खेलेका छन् ।

नाचगान र आपसमा रङ दल्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटकले छुट्टै आनन्दको महसुस गरेको बताए ।

पर्यटकको चहलपहल बढी देखिने लेकसाइडको तीन किलोमिटर क्षेत्रमा पर्यटकहरुलाई सहभागी गराइ पञ्चेबाजा र संगीतका साथ होली पर्व मनाइएको छ ।

पोखरामा आन्तरिक तथा बह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत १३ वर्षदेखि होली महोत्सव हुँदै आएको महोत्सव संयोजक लक्ष्मण बरालले बताए ।

२० बढी नियन्त्रणमा

यसैबीच, होली मनाउनेक्रममा ट्राफिक नियम उल्लंघन गरी सवारी–साधन चलाउने २० जनाभन्दा बढी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।