७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


शंखमूलमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते


0
Shares

काठमाडौं, असार २३ । शनिबार बिहान शंखमूलमा मोटसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बिहान ५ बजे बा८०प ११५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुरका ३२ वर्षीय उमेश महर्जनको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा घाइते दुईजनामध्ये उपचारकाक्रममा महर्जनको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनाबाट गम्भीर घाइते भएका शंखमूल बस्ने २२ वर्षीय रमन बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । रासस