
फिलिपिन्सको सुविक वेदेखि ९२ किलोमिटर उत्तर–पश्चिममा ड्रोन हस्तान्तरण गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
चिनियाँ रक्षा मन्त्रालयले अमेरिकासँग सौहार्दपूर्ण वातावरणमा कुराकानी भएपछि सहजरुपमा ड्रोन हस्तान्तरण गरिएको जनाएको छ ।
चीनले अमेरिकाको अन्डरवाटर ड्रोन दक्षिणी चिनियाँ सागरको अन्तर्राष्ट्रिय जलक्षेत्रबाट गत बिहीबार नियन्त्रणमा लिएको थियो ।
अमेरिकाले अन्तर्राष्ट्रिय कानुनले दिएअनुसार दक्षिणी चिनियाँ समुद्रमा आफ्नो गतिविधि जारी राख्ने जनाएको छ ।
समुद्रमा सर्वेक्षण गर्ने जहाज ‘युएसएनएस बोडिच ड्रोन’ पानीजहाजको खोजीमा रहेको र त्यसलाई भेट्न लागेकाबेला चिनियाँ जलसेनाले ड्रोन नियन्त्रणमा लिएको अमेरिकी आरोप छ ।
‘ओसन ग्लाइडर’ नामको ड्रोन पानीमा रहेको नुनको मात्रा तथा तापक्रम पत्ता लगाउन प्रयोग गरिएको थियो ।
अन्डरवाटर ड्रोनले दिएको जानकारी पानीमुनिको सन्जालको सीमांकनका लागि प्रयोग गरिन्छ ।
यसअघि, अमेरिकामा राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले भने चीनले अमेरिकी ड्रोन चोरेको आरोप लगाउँदै आफूहरुलाई फिर्ता नचाहिने बताएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्