९५ किलो गाँजासहित दुईजना पक्राउ « Image Khabar


९५ किलो गाँजासहित दुईजना पक्राउ


Imagekhabar
५ पुष २०७३, मंगलवार १८:२९

काठमाडौंबाट वीरगन्जतर्फ गइरहेको ना५ख ९३३२ नम्बरको ट्रकलाई हेटौंडास्थित रातोमाटे चेकपोस्टबाट गाँजासहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्र्नेहरुमा सर्लाही, हरिवनका ट्रकचालक महेश आलेमगर र सोही ठाउँका ट्रकधनी राजकिशोर चौधरी छन् ।

निजहरुलाई थप अनुसन्धानपछि अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्