
गएराति करिब ८ बजेको समयमा भएको सो दुर्घटनामा परी मोटरसाइकल चालक खैरहनी निवासी २४ वर्षीय सङ्गम सापकोटाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पूर्वबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ९१२३ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको ना ४२ प ४८५१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति नै ज्यान गएको हो । ट्रक र चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्