सरकारी वकिलको पहिलो राष्ट्रिय सम्मेलन पुस ८ देखि « Image Khabar


सरकारी वकिलको पहिलो राष्ट्रिय सम्मेलन पुस ८ देखि


Imagekhabar
६ पुष २०७३, बुधबार १५:४२

महान्यायाधीवक्ताको कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी सरकारी वकिल र अन्य निकायबीचको समन्वय बृद्धि गर्ने तथा उनीहरुको प्रभावकारिता बढाउने उद्देश्यले सम्मेलन गर्न लागिएको जानकारी दिइयो ।

सो अवसरमा महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले सम्मेलनमा ३५२ जना सरकारी वकिलहरुको सहभागिता रहने जानकारी दिए ।

सम्मेलनमा सरकारी वकिलको कार्यसम्पादन सम्बन्धमा ३० भन्दा बढी कार्यपत्र प्रस्तुत् गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्