Logo २७ पुस २०८२, आइतबार | Mon Jan 12 2026


मलमूत्र खुवाइ कुटपिटकै कारण लक्ष्मी परियारको मृत्यु, पति निर्दोष : अध्ययन प्रतिवेदन


0
Shares

सञ्जालले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी लक्ष्मी परियारलाई मलमूत्र खुवाउने र कुट्नेजस्तो अक्षम्य व्यवहार गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको हो ।

सञ्जालले जाहेरीमा झूटा विवरण लेख्न लगाउने प्रहरीका साथै घटनाका पीडितलाई छुटाउन कुनै पहल नगर्ने प्रत्यक्षदर्शी करिब दुई दर्जनको समूहको पनि पहिचान गरी सार्वजनिक गर्न तथा उनीहरुमाथि पनि कारबाही चलाउन पनि माग गरेको छ ।

यस्तै, स्थलगत अनुसन्धानमा निर्दोष देखिएको भन्दै प्रहरी हिरासतमा रहेका मृतकका पति मिलन परियारलाई यथाशीघ्र रिहा गर्न पनि सञ्जालले सरकारसँग माग गरेको छ ।

पत्रकार सम्मेलनमा संयुक्त दलित संघर्ष समिति र दलित नागरिक समाजका प्रतिनिधिहरुसहितको टोलीले गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

प्रतिवेदनअनुसार लक्ष्मी परियारलाई गत मंसिर २० गते स्थानीय सूर्योदय माध्यामिक विद्यालयका सामाजिक शिक्षा विषयका शिक्षक हिरा लामा र उनकी आमा काइँलीमाया लामालगायतले मलमूत्र खुवाइ कुटपिट गरेको र सोही कारण मंसिर २४ गते लक्ष्मीको मृत्यु भएको उल्लेख छ ।