तमोर करिडोरको मूलघाटदेखि पाँचथरको सावा खोलासम्मको ५२ किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भएपछि पाँचथरदेखि कोशी राजमार्गको धनकुटा–मूलघाट सडकखण्ड हुँदै तराईसम्म यातायात सञ्चालनमा आएका छन् ।
पूर्वी तराई–पहाडका जिल्ला र बजारलाई जोड्ने सबैभन्दा छोटो मार्ग मानिने करिडोरमा साना सवारी सञ्चालनमा आएपछि तराईका सुनसरी, मोरङ, झापा र पहाडका धनकुटा, तेह्रथुम, संखुवासभा, पाँचथर, इलाम र ताप्लेजुङ जिल्लालाई प्रत्यक्ष फाइदा पुगेको हो ।
नियमित रूपमा सवारी सञ्चालनमा आएपछि तराई र पहाडका ८ भन्दा बढी शहरमा व्यापार व्यवसाय गर्न र आवत–जावत गर्न सहज भएको स्थानीयबासिन्दा बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्