तमोर करिडोरमा साना सवारी साधन चल्न थाले, गाउँमा खुशीयाली

तमोर करिडोरको मूलघाटदेखि पाँचथरको सावा खोलासम्मको ५२ किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भएपछि पाँचथरदेखि कोशी राजमार्गको धनकुटा–मूलघाट सडकखण्ड हुँदै तराईसम्म यातायात सञ्चालनमा आएका छन् ।
पूर्वी तराई–पहाडका जिल्ला र बजारलाई जोड्ने सबैभन्दा छोटो मार्ग मानिने करिडोरमा साना सवारी सञ्चालनमा आएपछि तराईका सुनसरी, मोरङ, झापा र पहाडका धनकुटा, तेह्रथुम, संखुवासभा, पाँचथर, इलाम र ताप्लेजुङ जिल्लालाई प्रत्यक्ष फाइदा पुगेको हो ।
नियमित रूपमा सवारी सञ्चालनमा आएपछि तराई र पहाडका ८ भन्दा बढी शहरमा व्यापार व्यवसाय गर्न र आवत–जावत गर्न सहज भएको स्थानीयबासिन्दा बताउँछन् ।