२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मुस्लिमहरुले सुरु गरे दाईजो विनाको विवाह, छोरी पक्षलाई एक करोड फिर्ता


0
Shares

-सञ्जय कार्की, ईमेज

मुस्लिम धर्मगुरुको सक्रियतामा ‘तिलक–दहेज लेनदेन बन्द अभियान’ सञ्चालन भएसँगै दाईजो विनाको विवाह सुरु भएको हो ।

मुस्लिम समुदायका छोरी पक्षले विवाहका लागि दिएको पेस्की रकमसमेत छोरा पक्षले फिर्ता गर्न थालेका छन् ।

विवाहको दिन निगरानी गरेर दाईजो लिएर विवाह गराउनेलाई जरिवानासमेत तिर्न लगाइने मुस्लिम समुदायका अगुवाहरु बताउँछन् ।

दाइजो प्रथा अन्त्य गर्नका लागि गाउँगाउँमा समितिहरु गठन गरी अनुगमन भइरहेको धर्मगुरु जिकुरुल्लाले बताए ।

उनका अनुसार अहिलेसम्म दाईजो बापत लिएको १ करोड भन्दा बढी रकम छोरी पक्षलाई फिर्ता गराइसकिएको बताए ।

अधिकांश मुस्लिम समुदायमा छोरीका विवाह गर्दा छोरा पक्षलाई दाइजो दिनुपर्ने चलन रहँदै आएको थियो ।

यसले समाजमा नकारात्मक प्रभाव बढ्न थालेको र गरिव परिवारका मुस्लिम समुदायका छोरीको विवाह गर्नै समस्या भएपछि अगुवाहरुले दाइजो प्रथाको अन्त्य गर्ने प्रयास थालेका हुन् ।