
ट्युनिशियाका अनिश नामका ती ब्यक्ति सन् २०१२ मा इटली सन् २०१५ मा जर्मनी प्रवेश गरेको अनुसन्धानबाट खुलेको छ ।
जर्मनीमा शरणका लागि निवेदन दिएका अनिशको नाममा रहेको रेसिडेन्स पर्मिट लरीमा भेटिएपछि घटनामा उनको संलग्नताको खुलासा भएको हो ।
उनले लरी चालक पोलिस नागरिक ल्यकाज उर्बानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।
यसै साता जर्मनीको बर्लिनको क्रिसमस बजारमा जथाभावी लरी चलाउँदा १२ जना मारिएका थिए ।
घटनामा ४८ जना घाइते भएका थिए । घटनाको जिम्मेवारी इस्लामिक अतिवादी समूह आईएसले लिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्