दाङको मुसोट ओरालोमा यात्रीबस दुर्घटना, तीनको मृत्यु, २४ जना घाइते « Image Khabar


दाङको मुसोट ओरालोमा यात्रीबस दुर्घटना, तीनको मृत्यु, २४ जना घाइते


Imagekhabar
७ पुष २०७३, बिहीबार १५:१३

घोराहीबाट बुटवल जाँदै गरेको लु२ख ७७६ नम्बरको बस दुर्घटना हुँदा दाङ, सतवरीयाका कृष्णबहादुर शाह, रुकुम घर भइ हाल दाङको सौंडियार बस्ने चित्रबहादुर श्रेष्ठ र प्यूठानको स्वर्गद्वारीकी दउरी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अरु २४ जना घाइते भएका छन् । घाइते मध्ये १४ जनालाई उपचारका लागि कोहलपुर पठाइएको छ भने बाँकीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

अत्यधिक गतिका कारण अनियन्त्रित भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्