३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सातौं राष्ट्रिय खेलकुद भोलिदेखि, पूर्वाधार निर्माणको काम अझै सकिएन (भिडियो रिपोर्ट)


0
Shares

आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएपनि केही पूर्वाधार अझै निर्माणको क्रममा नै रहेका छन् ।

खेलकुद अधिकारीहरूले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणको काम सकिएको र तयारी पूरा भएको घोषणा गरिसकेका छन् ।

तर, झापा बैद्यनाथपुरमा रहेको क्रिकेट मैदानको काम पूर्णरुपमा सम्पन्न भएको छैन ।

क्रिकेट मैदान तयारीका लागि अझै पानीको रोलर लगाउने काम भइरहेको छ ।

यस्तै, सुटिङको कभर्डहलमा छाना लगाउन र प्याराफिट बनाउन पनि बाँकी नै रहेको क्रिकेट प्रशिक्षक शिशिर उपाध्याय बताउँछन् ।

राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिताका लागि कुल ३३ करोड रुपैयाँ माग गरेपनि पूरा रकम पाउन सकेको छैन । सरकारले दुई किस्ता गरेर हालसम्म २८ करोड रुपैयाँ निकासा गरेको छ ।

बजेट केही अपुग भएपनि आफूहरुले मितव्ययी ढंगले खर्च व्यवस्था मिलाएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट बताउँछन् ।

सातौ राष्ट्रिय खेलकुदमा प्रदर्शनी खेलसहित कुल ३५ खेल समावेश छन् । रग्बी, डान्स स्पोर्ट्स, साम्बो, रक क्लाइम्बिङ र दोहोरीलाई प्रदर्शनी खेलकोरुपमा समावेश गरिएको छ ।

यस्तै गल्फ, आर्चरी, फेन्सिङ र स्नुकरका विजेताले पदक प्राप्त गर्ने छैनन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।