३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


‘सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा’


0
Shares

प्रतियोगिता मूल आयोजक समितिले विहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

समितिका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री दलजीत बिक श्रीपालीले खेलकुदको विकास र खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता आयोजना गरिएको बताए ।

मन्त्री बिकले प्रतियोगितामा हुने खर्च शोधभर्ना गरेर भएपनि सरकारले उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।

औपचारिकरुपमा शुक्रबारमात्रै प्रतियोगिताको उद्घाटन हुने भएपनि समय र स्थान अभावका कारण गएको शनिबारदेखि नै सुनसरीको दुहवीमा महिला फुटबल खेल सुरु भइरहेको छ भने पुरुष फुटबल विहीबारदेखि धरानमा सुरु भएको छ ।

प्रतियोगिताको शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।