काठमाडौं, चैत ५ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनिसकेकाले नेपालमा लगानी भित्रनसक्ने जनाएको छ ।
मंगलबार चेम्बर अफ कमर्सले भियतनामका राजदूत फाम सान चाओको स्वागतमा गरेको कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले भियतनाम र नेपालमा कृषि पेसा समान भएकाले भियतनाममा भएका प्रविधि पनि भित्र्याउन सकिने बताए ।
नेपाल र भियतनामको हावापानी र वातावरण पनि समान भएकाले भियतनामले प्राविधिक विकासमा पनि सहयोग गर्नसक्ने बताएका हुन् ।
भियतनामका राजदूत चाओले उद्यमशीलताको विकासले आर्थिक विकासमा सहयोग पुर्याउने भएकाले उद्यमशीलताको विकासमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा नेपालमा भएका लगानी क्षेत्र र वातावरणबारे छलफल गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्