२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


द्वन्द्वग्रस्त अलेप्पो शहर सरकारी सेनाको नियन्त्रणमा


0
Shares

यसअघि विद्रोहीले कब्जामा लिँदै आएको अलेप्पोबाट त्यहाँका सबै विद्रोहीलाई बाहिर निकालेपछि सरकारी सेनाले नियन्त्रणमा लिएको हो । सिरियाली सेनाले अलेप्पोमा सुरक्षा बहाल भएको घोषणा गरेको छ । सरकारले यसलाई विद्रोहीमाथिको ठूलो झड्का भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले अलेप्पोबाट बाहिरिन चाहने सबै सर्वसाधारणलाई निकालिएको जनाएको छ । बाहिरिनेहरुमा घाइते र विद्रोहीसमेत छन् ।

अलेल्पो पूर्णरुपमा सरकारी नियन्त्रणमा आउनुलाई सन २०११ मा भएको विद्रोहीपछि राष्ट्रपति बशर अल असदका लागि सबैभन्दा ठूलो जित मानिएको छ । संयुक्त राष्ट्रसंघका एक अधिकारीले अलेप्पोबाट एक हप्ताभित्रै कम्तिमा ३४ हजार नागरिक र विद्रोहीलाई निकालिएको जनाएका छन् । पूर्वी अलेप्पोमाथि सन् २०१२ मा विद्रोहीले कब्जामा लिएका थिए । (एजेन्सी)