२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुदूरपश्चिममा ‘आइसोलेसन’ बेडभन्दा संक्रमितको संख्या दोब्बर बढी, संक्रमितहरु घरमै


0
Shares

कैलाली, असार ६ । सुदूरपश्चिम प्रदेशमा ‘आइसोलेसन’ बेडभन्दा कोरोना संक्रमितको संख्या दोब्बर बढी भएपछि संक्रमितहरु घरमै बस्न थालेका छन् ।

संक्रमितको संख्या ७७० पुगेपनि प्रदेशका नौओटै जिल्लामा आइसोलेसन बेडको संख्या ३३३ रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

प्रदेशमा कोरोना संक्रमितको संख्या शुक्रबार साँझसम्म ७७० पुगेको छ । संक्रमितमध्ये १२४ जना ‘डिस्चार्ज’ भएका छन् । ११४ जनालाई विभिन्न अस्पतालमा राखिएको छ ।

प्रदेशमा पाँचजना संक्रमितको मृत्यु भइसकेको छ ।