काठमाडौं, चैत ५ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले २५ अर्ब बजेटमार्फत् सिँचाइ हुने सबै जमिनमा न्यूनतम् आवश्यकता दिन सकिने बताएका छन् ।
सोहीअनुसार मन्त्रालयले योजना अगाडि बढाइरहेको उनको भनाइ छ ।
मंगलबार प्रतिनिधिसभाअन्तर्गत्को अर्थ समितिको बैठकमा सचिव थपलियाले यसका लागि स्थानीय तहलाई सिँचाइमा ध्यान दिन प्रेरित गरिनुपर्ने पनि बताए ।
समितिले मन्त्रालयअन्तर्गत्का आगामी वर्षका बजेट र कार्यक्रमसम्बन्धी गरेको छलफलमा उनले १९ अर्ब बजेटसहित २३ सय ओटा झोलुंगेपुल निर्माणलाई अगाडि बढाउने पनि बताए ।
हिँडेर आधा घन्टाको दूरीमा पुग्न सकिने स्थानमा झोलुंगेपुल निर्माण गर्न सकिने उनले समितिलाई जानकारी गराए ।









प्रतिक्रिया दिनुहोस्