
राष्ट्रसंघ सुरक्षा परिषदको बैठकले अवैध रुपमा बनाइएका इजरायली वस्ती हटाउने प्रस्ताव पारित गरेको हो ।
परम्परागत रुपमा सधै इजरायलको पक्षमा उभिने अमेरिकाले भने यस पटक यस प्रस्तावप्रति भीटो प्रयोग नगरेको मात्र होइन मतदानमै भाग लिएन ।
प्रस्तावको पक्षमा १४ मत परेको छ । इजिप्टले मस्यौदा गरेको प्रस्तावको इजरायलले ट्रम्पमार्फत् हस्तक्षेप गराई फिर्ता लिन बाध्य बनाएपनि मलेशिया, न्यूजील्याण्ड, सेनेगल र भेनेजुयलामार्फत् दोस्रो पटक फेरि अगाडी बढाइएको थियो ।
प्रस्ताव रद्द गराउन भीटो प्रयोग नगरेकोमा इजरायल भने अमेरिकी प्रशासनसँग क्रूद्ध बनेको छ । इजरायल र प्यालेष्टायन सीमामा बसाइएको यहूदी वस्ती त्यस क्षेत्रको अशान्तिको कारण बन्दै आएको छ ।
इजरायलले सन् १९६७ मा पश्चिमी किनारा र पूर्वी जेरुशेलम कब्जा गरेको थियो भने त्यसयता १४० वस्ती निर्माण गरी करीब पाँच लाख यहूदी बस्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्