पृथ्वीनारायण शाहको सम्मानमा पुस २७ गते सरकारी विदा दिनुपर्छः मन्त्री केसी « Image Khabar


पृथ्वीनारायण शाहको सम्मानमा पुस २७ गते सरकारी विदा दिनुपर्छः मन्त्री केसी


Imagekhabar
१० पुष २०७३, आईतवार १२:३२

प्रेस युनियन चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाटमा मन्त्री केसीले पूर्व राजा पृथ्वीनारायण शाहले देशलाई एकीकृत गरेकाले उनको सम्मानका लागि पनि पुस २७ गते राष्ट्रिय विदा दिने तयारी भएको दावी गरे ।

विदा दिने विषयमा मन्त्रिपरिषदले निर्णय लिने जानकारी दिए । मन्त्री केसीले ठूला तीन दल र मधेसी मोर्चा एकै ठाउँमा उभिएर अहिलेको समस्याको निकास निकाल्नुपर्ने पनि बताए ।

संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनुको विकल्प छैन उनले बताए ।

मन्त्री केसीले पूर्व राजा ज्ञानेन्द्र पनि यो देशको नागरिक भएकाले बोल्न, हिड्न र डुल्न पाउने अधिकार रहेकाले सानातीना कुरामा ठूला टिप्पणी जरुरत नरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्