Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सहयोगीको भरमा


0
Shares

धनकुटा । दरबन्दीअनुसार कर्मचारी नभएपछि धनकुटाको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसान भएको छ ।

एक जना कार्यालय सहयोगीका भरमा यो कार्यालय चलेको छ ।

तीन स्थायी र एक करार गरी चार जनाको दरबन्दी रहेको यो कार्यालयमा हाल निमित्त प्रमुख र कार्यालय सहयोगी मात्रै कार्यरत छन् ।

तर, निमित्त प्रमुख शिवशंकर मिश्र बजेट तर्जुमा तथा बार्षिक बजेट समीक्षा गोष्ठीमा सहभागी हुन हेटौंडा गएपछि कार्यालय सहयोगीको भरमा यो कार्यालय चल्दै आएको हो ।

कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक, प्राविधिक सहायक दुई र करारमा कार्यालय सहयोगीको दरबन्दी छ ।

धनकुटासहित कोशी पहाडका संखुवासभा, भोजपुर र तेह्रथुम कार्यक्षेत्र रहने गरी गत मंसिरदेखि औपचारिक रुपमा यो कार्यालयको उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो ।

कार्यालय रहेको भवनमा १० कोठा छन् । हरेक कोठामा विभिन्न फाँट राखिएको छ । तर कर्मचारी नहुँदा ती फाँट सुनसान छन् ।