Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन सरकारले गृहकार्य गरिरहेको छ : मन्त्री थापा


0
Shares

नेपाल प्रेस युनियनको रजत महोत्सवका अवसरमा सोमबार काठमाडौंमा गरिएको पत्रकारहरुको निःशुल्क मिर्गौला परीक्षण कार्यक्रममा उनले जनतासँग जोडिएको स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउनु सरकारको दायित्व भएकाले आफूले त्यसैका लागि काम गरिरहेको बताए ।

उनले नियमित स्वास्थ्य परीक्षणका लागि चेतनामूलक कार्यक्रम ग्रामीण बस्तीसम्म पुर्‍याउन सन्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै सहरकेन्द्रित स्वास्थ्य सेवालाई गाउँतहसम्म पुर्‍याउन सरकारले पहल गरिरहेको जानकारी दिए ।

नेपाल प्रेस युनियनले भने सन्चारकर्मीलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरिदिन माग गरेको छ ।

युनियनले गरेको शिविरमा झन्डै २ सय सन्चारकर्मीको निःशुल्क मिर्गौला परीक्षण गरिएको थियो ।

 

Skip This