
कार्ल मार्क्सको २००औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री दाहालले मुलुकमा कम्युनिष्ट शक्तिबीच ध्रुवीकरण गरेर सन् २०१८ सम्ममा सबैलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए ।
उनले कार्ल मार्क्सको आधारभूत सिद्धान्त नमान्नेलाई मार्क्सवादी भन्न नसुहाउने बताए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले अहिलेको विषम राजनीतिक परिस्थितिमा दलीय सहमति आवश्यक भएकोमा जोड दिए ।
संविधान कार्यान्वयन र विभिन्न निकायको चुनाव गराएर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा एमाले उपाध्यक्ष बामदेव गौतम, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलगायतले अहिलेको अवस्थामा कार्ल मार्क्सले देखाएको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्