२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कांग्रेस नेताहरु सहभागी कार्यक्रमको मन्च भत्कियो, मन्त्री रिसाएर हिँडे


0
Shares

सोमबार धादिङबेसीमा बीपी स्मृति भवनको शिलान्यास गर्दै पौडेलले सरकार निर्वाचन गर्ने तयारीमा रहेको भन्दै पार्टीको सम्पूर्ण शक्तिलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन् ।

कार्यक्रममा कांग्रेस केन्द्रीय नेताहरु डा. रामशरण महत, डा. मीनेन्द्र रिजालले संविधान कार्यान्वयन गर्ने मुख्य दायित्व कांग्रेसको काँधमा रहेकाले आफ्नो समर्थनमा बनेको सरकार संविधान कार्यान्वयन गरी निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए ।

भवन शिलान्यासपछि मन्चमा पुगेका नेताहरु एक्कासि मन्च भत्किएपछि भागदौड चलेको थियो ।

यसैक्रममा धादिङकी कांग्रेस नेत्री भगवती पौडेलको खुट्टा भाँचिएको छ भने मन्चमा सहभागी अरु सबै नेताहरु सकुशल छन् ।

हेलिकोप्टर लिएर कार्यक्रममा पुगेका उद्योग राज्यमन्त्री रोमी गौचन भने सुरुमै बोल्न नदिएको भन्द्रै आक्रोशित भइ मन्चबाट बाहिरिएका थिए ।