Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


मालपोत ‘सार्वाधिक घुस्याहा’, यी हुन धेरै भ्रष्टाचार हुने अन्य कार्यालयहरु


0
Shares

भ्रष्टाचारविरुद्ध काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्ययनले सबैभन्दा बढी घुस लिने र काममा ढिलाइ गर्ने निकायका रुपमा मालपोत कार्यालयलाई देखाएको हो ।

ट्रान्परेन्सीले विभिन्न ९ जिल्लाका शिक्षा र स्थानीय विकास केन्द्रीत १२ वटा सरकारी कार्यालयको सर्वेक्षण गरेको थियो ।

मालपोत, यातायात व्यवस्था, नगरपालिका, जिल्ला विकास समिति, गाविस कार्यालयमा सबैभन्दा धेरै भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ ।

त्यसपछि बढी भ्रष्टाचार हुने कार्यालयमा विद्युत प्राधिकरण, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रहरी कार्यालय, राजस्व तथा कर कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्था, खानेपानी कार्यालय, जिल्ला कृषि विकास कार्यालय र जिल्ला वन कार्यालय छन् ।

ट्रान्सपरेन्सीले सिरहा, रोतहट, भक्तपुर, रुपन्देही, बाग्लुङ, बाँके, दार्चुला र दोलखालाई अध्ययनमा समेटेको थियो । सार्वजनिक कार्यालयमा हुने भ्रष्टाचारलाई बढावा दिने मुख्य तत्वको रुपमा राजनीतिक दल रहेको सर्वेक्षणले देखाएको छ ।

-नागरिक दैनिकबाट