२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


युगान्डामा फुटबल टिम चढेको डुंगा दुर्घटना, ३० जनाको मृत्यु


0
Shares

काठमाडौं, पुस १२ । युगान्डाको लेक अल्बर्टमा एक डुंगा दुर्घटना हुँदा ३० जनाको डुबेर मृत्यु भएको छ । स्थानीय फुटबल टिम र समर्थकहरु चढेको डुंगा दुर्घटना भएको हो ।

दुर्घटनामा परेका १५ जनाको उद्दार गरिएको छ । डुंगामा ४५ जना यात्रु चढेका कारण भार थाम्न नसक्दा डुबेको बताइएको छ ।(एजेन्सी)