काठमाडौं । यूरोपियन यूनियनले विकसित राष्ट्रमा स्तरोन्नतीका लागि नेपाललाई सघाउन तयार रहेको जनाएको छ ।
नेपालस्थित यूरोपियन यूनियनको नयाँ कार्यालयको उद्घाटनमा एसिया तथा प्रशान्त क्षेत्र हेर्ने उपकार्यकारी निर्देशक पावला पामपालवनीले नेपाल नयाँ विकासको चरणमा प्रवेश गरेको भन्दै सघाउन इयू सधैं तयार रहेको बताए ।
इयूले सन् २०१४–२०२० का लागि नेपाललाई गर्दै आएको सहयोगमा तेब्बरले बृद्धि गर्दै ३६ करोड यूरो पुर्याएको छ ।
नेपालको आर्थिक विकासका लागि थप सहयोग गर्न इयू तयार रहेको उनले बताए ।
इयू नेपालको विकास साझेदार मात्र नभई राजनीतिक सहयोगी समेत रहेको भन्दै यो सम्बन्धलाई नयाँ तहबाट अगाडि बढाउन खोजिरहेको पनि पावलाले बताए ।
इयूले लाजिम्पाटस्थित निलसरस्वती मार्गमा स्थापना गरेको नयाँ कार्यालयको सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्