काठमाडौं । वैदेशिक रोजगार कार्यालयले ७ वटै प्रदेशमा पुनः श्रम स्किृतीका लागी कार्यालय स्थापना गरेसँगै काठमाडौंबाट पुन श्रम स्विकृती लिनेको संख्या ५० प्रतिशतले घटेको वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।
पहिले दैनिक १५ सय जनाले वैदेशिक रोजगारीको लागी पुन श्रम स्विकृती लिने भएपनि अहिले भने दैनिक ७ सय जना जसोले मात्र यहाँबाट यस्तो सेवा लिने गरेकोे वैदेशिक रोजगार कार्यालय, काठमाण्डौंको तथ्याकं छ ।
उपत्यका बाहिर ७ वटै प्रदेशमा यो सेवा सुरु भएसँगै काठमाण्डौंमा यो सेवाका लागि सेवाग्राहीको चाप कम भएको वैदेशिक रोजगार कार्यालयका निर्देशक देवेन्द्र कार्कीले जानकारी दिए ।
पछिल्लो समय प्रत्येक प्रदेशबाट दैनिक करिब १ सय ५० भन्दा बढिले पुनः श्रम स्विकृती लिईरहेको कार्यालयले जनाएको छ ।
अहिले अनलाइन टोकन प्रणालीबाट पनि यो सेवा थप सहज भएको र शनिबार पनि कार्यालय खोल्नुपर्ने बाध्यता हटेको कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्