काठमाडौं । पछिल्ला केही दिन सामान्य सकारात्मक रहँदै आएको शेयर बजारमा सोमबार पुनः गिरावट आयो ।
बजार परिसूचक नेप्से साढें ७ अंकले ओरालो लागेर ११ सय ५३ अंकमा आएर थामियो ।
वित्त र उत्पादनमूलक समूह बाहेक अरु सबै समूह ऋणात्मक रहेसंगै नेप्से ओरालो लागेको हो ।
जीवन बीमा समूहमा सबैभन्दा उच्च ७६ अंकको गिरावट आयो । निर्जीबन बीमा समूह पनि ६० अंकले ओरालो लाग्यो ।
जलविद्युत र लघुवित्त समूह पनि दोहोरो अंकले ऋणात्मक रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६९ कम्पनीको १३ लाख ९३ हजार कित्ता शेयर ३६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्