२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


स्थानीय निर्वाचन घोषणा गर्ने माओवादी केन्द्रको निर्णय


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको माओवादी केन्द्रको हेर्डक्वाटरको बैठकले प्रतिपक्षी नेकपा एमाले र मधेसी मोर्चासँग छलफल गरी स्थानीय तहको निर्वाचन घोषणा गर्ने निर्णय गरेको हो ।

बैठकले संविधान संशोधन प्रक्रिया अघि बढाउन एमालेलगायतका प्रतिपक्षी दलहरुसँगको छलफललाई तीव्रता दिने निर्णय पनि गरेको छ ।

बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्न ढिलाई भएको भन्दै प्रस्ताव पारित गरेर निर्वाचनमा जुट्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकले निर्वाचनमा जानका लागि चाहिने आवश्यक कानुन बनाउन अन्य दलसँग परामर्श गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका विषयमा अहिलेसम्म अन्य दलसँग भएको छलफलका बारेमा जानकारी गराएका थिए ।