२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेस–माओवादी केन्द्र, एमाले बैठक, ‘अबको एक साताभित्रै चुनावको मिति घोषणा’


0
Shares

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने विषयमा सकारात्मक छलफल भएको हो ।

तीन दलका नेताहरु निर्वाचन गर्न सहमत भएकाले सरकारले चाँडै मिति घोषणा गर्ने तयारी गरेको छ ।

बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले स्थानीय निकाय पुनःसंरचना आयोगले प्रतिवेदन तयार पारिसकेकाले तत्काल निर्वाचन घोषणा गर्नुपर्ने माग आफूहरुले राखेको बताए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनका विषयमा तीनै दल सहमत देखिएको बताए ।

उनले अबको एक साताभित्रै सरकारले स्थानीय तह वा निकाय जेको भए पनि चुनावको मिति घोषणा गर्ने जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी कानुन संसदमा एकैसाथ पेस गर्ने प्रस्ताव गरेका थिए ।

तर, निधिको प्रस्ताव एमालेले अस्वीकार गरेको थियो ।

एमालेले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेको छ भने कांग्रेस र माओवादी केन्द्रले संसदबाटै टुंग्याउनुपर्ने बताएका छन् ।