‘स्थानीय निकाय निर्वाचनको तयारीमा सरकार’

फाइल फोटो
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा प्रधानमन्त्री दाहालले आयोगले तयार गरेको प्रतिवेदन समय मिलाएर सरकारले ग्रहण गर्ने जानकारी दिएको आयोगका अध्यक्ष पौडेलले राससलाई जानकारी दिए ।
नेपालको संविधानको धारा २९५ अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका समयमा सो आयोग गठन भएको थियो ।
सो आयोगले गाउँपालिका, नगरपालिकाका संख्या तथा सिमाना निर्धारण गरी आफ्नो प्रतिवेदन तयार गरेको छ ।
प्रधानमन्त्री दाहालले सो अवसरमा स्थानीय निकायको निर्वाचनको तयारीमा सरकार जुटेको बताएका थिए ।
आयोगले तयार पारेका प्रतिवेदनकाबारेमा प्रधानमन्त्री दाहाललाई जानकारी दिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
सो अवसरमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेको पनि सहभागिता रहेको थियो । रासस