१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024


इन्द्रसरोवर तालमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु


0
Shares

मकवानपुर, असार २३ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ ।

हिजो साँझ पौडी खेल्न पुगेका इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका १२ वर्षीय छोरा समीर र थाहा नगरपालिका–९ बस्ने विश्वरुप आलेका आठ वर्षीय छोरा चन्द्रबहादुरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।