
ताप्लेजुङको लेलेप, ओलाङ्चुङ्गोला, पापुङ, लिम्बुङ्पोखरी, कालिकोखालासहित इलामको सन्दकपुर, कालापोखरी र पाँचथरको फालोट, चिवाभञ्ज्याङमा रहेका चौंरी गोठ बेंसीतर्फ झार्न थालिएको हो ।
अत्याधिक चिसो बढेपछि चौंरी आफैं न्यानो स्थान खोज्दै तल्लो भेगतर्फ झर्ने भएकाले चौंरीपालक किसानले खर्क सार्न थालेका हुन् ।
प्रत्येक वर्ष असोज महिनाको अन्त्यदेखि चौंरी गोठ चिसोबाट न्यानोतर्फ सार्ने गरिन्छ भने न्यानो बढेसँगै वैशाख महिनादेखि माथिल्लो क्षेत्रमा लैजाने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्