सडकमा पल्टिएको मोटरसाइकललाई ट्रकले किच्यो, श्रीमान्को मृत्यु, श्रीमती घाइते

काठमाडौंबाट नुवाकोट जाँदै गरेको बा६९प ३३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएपछि विपरीत दिशाबाट आउँदै गरेको ना४ख २६८० नम्बरको ट्रकले किच्दा मोटरसाइकल चालक राजकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक काठमाडौं, नागार्जुनका भएको बताइएको छ । दुर्घटनामा उनकी श्रीमती राजकुमारी श्रेष्ठ घाइते भएकी छन् ।
ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।