१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


सरकारले आतंककारी र अपराधीहरुलाई संरक्षण गरिरहेको छ : ओली


0
Shares

एमाले भातृसंगठन युवा संघका रूपन्देही अध्यक्ष दुर्गा तिवारीको स्मृतिमा विहीबार बुटवलमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै ओलीले ‘मुलुक विखन्डनको उद्देश्यले आएको प्रस्तावमा छलफलसमेत हुन सक्दैन’–भने ।

सरकारले आतंककारी र अपराधीहरुलाई संरक्षण गरिरहेको भन्दै उनले देशघाती काम गर्न छाडेर संविधान कार्यान्वयनतिर लाग्न सरकारलाई सुझाव दिए ।

श्रद्धाञ्जलिसभामा एमाले नेताहरु विष्णु पौडेल, घनश्याम भुषाल, छविलाल विक, मालेका नेता गोपालमणि गौतम, युवा संघका अध्यक्ष राजिव पहारीलगायतले समबोधन गरेका थिए ।

उनीहरुले दुर्गा तिवारीको परिवारप्रति समवेदना व्यक्त गर्दै हत्यारालाई कानुनी कारबाहीको दायरामा ल्याउने काममा सुरक्षा निकायलाइ सहयोग गर्ने बताए ।

तिवारीको यही पुस ४ गते देवदहमा गोली प्रहारबाट हत्या भएको थियो ।