Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


मोतिहारी–अमलेखगंज पाइपलाइन बिस्तारको काम फेरि सुरु


0
Shares

वारा । मोतिहारी अमलेखगंज पाइपलाइन विस्तारको काम आजबाट फेरि सुरु भएको छ ।

दुई साता अघि पर्सा राष्ट्रिय निकुञ्जको जंगलका रुख काट्ने क्रममा स्थानीयसंगको विवादका कारण पाइपलाइन विस्तारको काम रोकिएको थियो ।

तर स्थानीय रुख र पाइपलाइनको कामसमेत आफैले पाउनुपर्ने मागबाट स्थानीय हटेपछि पाइपलाइन विस्तारको काम सुचालु भएको हो ।

मन्त्रिपरिषद्को निर्णयपछि टिम्बर कर्पोेरेसन अफ नेपालले फागुन १५ गतेदेखि पाइपलाइनमा पर्ने निकुञ्जको ९ किलोमिटरसम्मका रुख काट्न सुरु गरेको थियो ।

रुख कटान रोकिएसंगै पाइपलाइन बिस्तारको काम समेत ठप्प बनेको थियो ।

भारतको मोतिहारीबाट आउने पाइपलाइनको भारततर्फको काम दुई महिना अघिनै सकिइसकेको छ । नेपालमा भने नौ किलोमिटर बिस्तारको काम बाँकी छ ।

रुख कटान र पाइपलाइन बिस्तार संगै ४५ दिनभित्र सबै काम सकिने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

मोतिहारी अमलेखगंज पाइपलाइनबाट बैशाख भित्रै पेट्रोलियम पदार्थ ल्याउने लक्ष्य समेत रहेको निर्देशक पौडेलको भनाइ छ ।