Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


न्यूजिल्यान्डमा क्राइस्टचर्च गोलीकान्डपछि बन्दुकसम्बन्धी कानुन सुधार गरिँदै


0
Shares

काठमाडौं, चैत ४ । न्यूजिल्यान्डमा ५० जनाको मृत्यु हुनेगरी दुईओटा मस्जिदमा भएको गोलीकान्डपछि बन्दुकसम्बन्धी कानुनमा सुधार गरिने भएको छ ।

प्रधानमन्त्री जाकिन्दा अर्डेनको मन्त्रिपरिषदले बन्दुक प्रयोगसम्बन्धी कानुन सुधार गर्ने सैद्धान्तिक सहमति जनाएको छ ।

मन्त्रिपरिषदको बैठकपछि बोल्दै प्रधानमन्त्री अर्डेनले बन्दुकसम्बन्धी कानुन सुधार आवश्यक भएको भन्दै एक साताभित्र विस्तृतरुपमा जानकारी गराउने बताइन् ।

आक्रमणकारीसित बन्दुकको लाइसेन्स रहेको र ऊसँग पाँचओटा बन्दुक रहेको प्रधानमन्त्री अर्डेनले जानकारी दिइन् ।

चर्च आक्रमणलगत्तै बन्दुकसम्बन्धी कानुन सुधारको माग उठेको थियो ।

न्यूजिल्यान्डको प्रहरी एसोसिएसनले अर्धस्वचालित हतियारमा प्रतिबन्ध लगाउन माग गरेको छ ।

गत शुक्रबार क्राइस्टचर्चमा अष्ट्रेलियन नागरिक ब्रेन्टोन टारेन्टले आक्रमण गर्दा ५० जनाको मृत्यु भएको थियो । उनले सेनाको शैलीमा हतियार प्रयोग गरेको प्रहरीले जनाएको छ ।

आक्रमणमा घाइते भएकाहरुमध्ये गम्भीर पाँचजनाको अस्पतालमा उपचार भइरहेको छ ।

न्यूजिल्यान्डमा १६ वर्षको उमेरपछि कानुनीरुपमा बन्दुक राख्न पाइने व्यवस्था छ । (एजेन्सी)