२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


संशोधन प्रस्तावमा केही असहमति छ, तर पारित गर्नुको विकल्प छैन : मन्त्री केसी


0
Shares

नेपाल प्रेस युनियनले शनिबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री केसीले संविधान संशोधन प्रस्तावमा आफ्ना केही असहमति हुँदा–हुँदै पनि मुलुकलाई निकास दिन पारित गर्नुको विकल्प नभएको बताए ।

उनले आगामी वर्षको माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले सबै राजनीतिक दल एकजुट भएर मुलुकलाई निकास दिनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस नेता रामहरि खतिवडाले अहिलेको सन्दर्भमा बीपीको मेलमिलापको नीतिअनुसार सबै राजनीतिक दल हिँड्नुपर्ने बताए ।

कांग्रेसभित्रैका गुट–उपगुटको अन्त्य गर्नुपर्ने तत्कालको आवश्यकता भएको भन्दै नेता खतिवडाले गुटको राजनीतिले कसैलाई फाइदा नपुग्ने जिकिर गरे ।