Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


संशोधन विधेयकलाई यथास्थितिमा समर्थन गर्न सकिँदैन : कमल थापा


0
Shares

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा थापाले दर्ता भएको विधेयकका केही दफा राष्ट्रहितविपरीत रहेको, प्रमुख प्रतिपक्षी दलले संसद अवरुद्ध गरेको तथा मधेसी दल असन्तुष्ट रहेको अवस्थामा विधेयकलाई जस्ताको तस्तै पारित गराउन गाह्रो हुने बताए ।

विधेयकलाई तत्काल थाती राखेर सहमतिका लागि सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।

संविधान संशोधनका लागि दलहरुबीच भइरहेका पछिल्ला वार्ताले समस्या समाधान गर्नेभन्दा पनि देश मुठभेडतर्फ जाने सम्भावना देखिएकोे उनले दाबी गरे ।

आइतबार महेन्द्रनगरमा हुने राप्रपाको क्षेत्रीय भेलालाई सम्बोधन गर्न अध्यक्ष थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, आपूर्तिमन्त्री एवं राप्रपाका नेता दीपक बोहरालगायतका नेता शनिबार धनगढी आएका हुन् । रासस