
दिउँसो १ बजे बसेको बैठक विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख ओनसरी घर्तीले ४ बजेसम्मका लागि स्थगित गरेकी हुन् ।
बैठक सुरु भएलगत्तै नेकपा मालेकी सांसद कमला विकले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव राष्ट्रिय एकताको पक्षमा नरहेकाले तत्काल फिर्ता लिनुपर्ने माग गरिन् ।
उनले सरकारले प्रस्ताव फिर्ता नलिएसम्म बैठक चल्न नसक्ने अडान राखिन् । त्यसपछि विपक्षी ९ दलका सांसदहरुले आ–आफ्नो ठाउँबाट उठेर बैठकमा अवरोध सिर्जना गरेका थिए ।
सभामुख घर्तीले सांसदहरुले आ–आफ्नो ठाउँमा बस्न पटकपटक आग्रह गरेकी थिइन् ।
उनले लगातार संसद् अबरुद्ध हुँदा निर्धारित समयमा चुनाव नहुनेतर्फ सचेत रहन आग्रह गरेकी थिइन् ।
सभामुखको आग्रहसमेत सांसदहरुले अस्वीकार गरेपछि बैठक आजै चार बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्