२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चिसो बढ्दा सरकारी विद्यालय ३० दिनका लागि बन्द


0
Shares

पछिल्लो समय चिसोका साथै शीतलहर पनि बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको विभिन्न स्कुलका प्रधानाध्यापकले जनाएका छन् ।

अत्यधिक चिसो र मौसममा समेत आएको परिवर्तनका कारण विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको बाल कल्याण मावि पुइलेकका प्रधानअध्यापक चन्द्रराज जोशीले बताए ।

अत्यधिक जाडोले गर्दा कक्षा कोठामा बस्न र पढ्ने÷पढाउने वातावरणसमेत नभएकाले विद्यालय बन्द गर्नु परेको प्रधानअध्यापक जोशीको भनाइ छ ।

चिसोले गर्दा जिल्लाका पहाडी भेगका सम्पूर्ण सरकारी विद्यालयमा माघ १५ गतेसम्मका लागि हिउँदे बिदा गरिएको हो ।

विद्यार्थी लामो दूरी हिँडेर आउनुपर्ने, धेरैजसो गरिब बालबालिकाले परिस्थिति अनुरुप न्यानो लुगासमेत लगाउन नसक्ने हुँदा उनीहरुमा रुघाखोकी, कोल्ड डायरिया, निमोनियाजस्ता समास्या देखिने भएकाले हिउँदे बिदा दिनुपर्ने भएको हो ।

चिसोमा बालबालिकालाई पढ्न समस्या हुने र पढाइ पनि प्रभावकारी नहुने भएकाले एक महिनाजति विद्यालय बन्द गर्नु पर्ने भएको सहश्रलिङ मावि चमडाका प्रधानअध्यापक पदमबहादुर ऐरले बबताए ।

जाडोमा विद्यार्थीलाई चौरमा लगेर पढाउनु पर्ने तर उनीहरुको ध्यान पढाइमा भन्दा अन्य कुरामा केन्द्रित हुन थालेपछि बिदा गर्नु परेको उनको भनाइ छ ।

अहिले डडेल्धुरास्थित पहाडी भेगका प्राथमिक, निमावि र माध्यमिक विद्यालयमा हिउँदे बिदा दिएपनि माथिल्लो कक्षाका लागि उनीहरुको पढाइस्तर हेरी दिउँसोको समयमा पढ्ने वातावरण मिलाइएको बाल कल्याण माविका शिक्षक अङ्गतसिंह धामीले बताए । रासस