 
	    यसअघि, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो रोकेर काम भइरहेको यो सडकखन्डमा अब साढे १० बजेदेखि नै बाटो रोकेर सडक विस्तारको काम गरिने भएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टको नेतृत्वमा गएको टोलीले उक्त सडकखन्डको अनुगमन गर्दै यस्तो निर्देशन दिएका हुन् ।
सडकका खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन पनि भट्टले निर्देशन दिए ।
पुस ७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तारको काम हुँदै आएकोमा अबदेखि १०ः३० बजेदेखि नै काम गर्न लागिएको हो ।
अत्यावश्यक बिरामी बोकेको एम्बुलेन्सबाहेक अरु सबै सवारी–साधनलाई उक्त समयमा रोकिने जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाले बताए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्