Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


एमालेले भन्यो–‘अदालतको आदेशले सीमांकन हेरफेर गर्न नहुने पुष्टि, प्रस्ताव फिर्ता लेऊ’


0
Shares

व्यवस्थापिका–संसद भवन नयाँबानेश्वरमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले ‘अदालतले सीमांकन हेरफेर गर्ने विषय प्रदेशसभाको अधिकार भएको पुष्टि गर्नु सकारात्मक रहेको’ भन्दै अब संशोधन प्रस्ताव फिर्ता लिन सत्तारुढ दलहरुलाई आग्रहसमेत गरेको छ ।

अदालतको आदेशले पनि अहिले सीमांकन हेरफेर गर्न नहुने पुष्टि गरेको एमालेको जिकिर छ ।

बैठकपछि एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले अदालतको आदेशपछि संशोधन प्रस्ताव फिर्ता लिन सरकारलाई सहज भएको भन्दै सहमतिमै अहिलेको समस्याको समाधान खोज्न सत्तारुढ दलहरुलाई आग्रह गरे ।